Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी, लाखौँ ठगेर भट्ट फरार

जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी, लाखौँ ठगेर भट्ट फरार


  • 2.2K
    Shares

    जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी, लाखौँ ठगेर भट्ट फरार
    images

    काठमाडौं । उच्च शिक्षा र सुनौलो भविष्यको सपना बोकेर जापान पुगेका नेपाली विद्यार्थीहरू नेपालीबाटै ठगिएका छन्। जापानको टोकियोमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिने र भिसाको म्याद थपिदिने प्रलोभन देखाएर एक नेपाली युवा लाखौँ रुपैयाँ ठगी गरी फरार भएका हुन्।

    नुवाकोट घर भई हाल जापानको टोकियोमा बस्दै आएका प्रदीप भट्टले कलेज पास भएका दर्जनौँ नेपाली विद्यार्थीहरूलाई ठगी गरेको पाइएको छ। कलेजको अध्ययन पूरा गरेर काम को खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी भट्टले ठगी धन्दा चलाएका हुन्।

    प्रतिविद्यार्थी ३ लाख येन असुली, नक्कली डकुमेन्ट समेत दिएको खुलासापीडित विद्यार्थीहरूका अनुसार भट्टले विभिन्न प्रतिष्ठित कम्पनीहरूमा राम्रो जागिर लगाइदिने र वर्क भिसाको प्रक्रिया मिलाइदिने भन्दै प्रतिविद्यार्थी ३ लाख जापानी येनका दरले रकम उठाएका थिए।रकम उठाएका कतिपय विद्यार्थीहरूलाई उनले कम्पनीको नक्कली डकुमेन्ट समेत थमाएको खुलासा भएको छ। भट्टले डकुमेन्ट देखाएर पैसा उठाएलगत्तै मोबाइल बन्द गरी सम्पर्कविहीन भएपछि मात्र आफूहरू ठगिएको कुरा विद्यार्थीहरूले थाहा पाएका हुन्।

    विद्यार्थीहरू विचल्लीमा, दूतावासमा दैनिक उजुरी भट्टलाई विश्वास गरेर आफ्नो मिहिनेतको लाखौँ रुपैयाँ बुझाएका दर्जनौँ विद्यार्थीहरू अहिले जापानमा न त जागिर, न त भिसाको अवस्थामा पुगेर विचल्लीमा परेका छन्। भिसाको म्याद सकिन लागेका र नक्कली डकुमेन्ट पाएका विद्यार्थीहरू कानुनी संकटमा पर्ने जोखिम समेत बढेको छ।

    टोकियोस्थित नेपाली दूतावासले विद्यार्थीहरू ठगिएको यस्तो गुनासो र उजुरी दिनहुँजसो आउने गरेको जनाएको छ। जापानमा नेपालीहरूबाटै नेपाली विद्यार्थी तथा कामदारहरू ठगिने क्रम बढेपछि दूतावासले गम्भीर चासो व्यक्त गरेको छ। नेपालबाट जापान विद्यार्थी नपठाउनू दूतावासको अनुरोधपछिल्लो समय जापानमा कन्सल्टेन्सी र बिचौलियाहरूका कारण नेपाली विद्यार्थीहरू ठगिने र अलपत्र पर्ने क्रम अत्यधिक बढेपछि नेपाली दूतावासले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई तत्कालका लागि नेपालबाट जापानमा विद्यार्थी नपठाउन समेत अनुरोध गरेको छ।पीडित नेपाली विद्यार्थीहरूले फरार रहेका प्रदीप भट्टको खोजी कार्य तीव्र बनाउन र आफूहरूलाई न्याय दिलाउन जापानस्थित नेपाली संघ-संस्था तथा टोकियो प्रहरीसमक्ष आग्रह गरेका छन्।

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १३:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij