Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बेलायतकी राज्यमन्त्री सीमा नेपालमा

बेलायतकी राज्यमन्त्री सीमा नेपालमा


  • 911
    Shares

    बेलायतकी राज्यमन्त्री सीमा नेपालमा
    images

    काठमाडौं । बेलायत सरकारकी इन्डो-प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् । बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन् 

    उनी नेपाल भ्रमणमा आएको पुष्टि काठमाडौँस्थित बेलायती दूतावासले गरेको छ । राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ ।

    उनले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बीआइआइले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् । नेपालमा कार्यालय रहेको एक मात्र विकास वित्त संस्था (डीएफआइ) का रूपमा बीआईआईले रोजगारी सिर्जना गर्ने व्यवसायहरूमा लगानी गर्दै आएको बताइन् ।

    बीआईआईले नेपालमा हरित ऊर्जा, दिगो विकास, साना तथा मझौला उद्यम र निजी क्षेत्रको विस्तारमा लगानी गर्दै आएको छ ।

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १३:२३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij