Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

कार्यविभाजनलाई अन्तिम रुप दिन भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु

कार्यविभाजनलाई अन्तिम रुप दिन भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु


  • 1.0K
    Shares

    • images
    कार्यविभाजनलाई अन्तिम रुप दिन भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु
    images

    काठमाडौं । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी हो । 

    एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म भएको थिएन । ओलीले अघि सारेको कार्य विभाजनको प्रस्तावमा कतिपय नेताहरूलाई दोहोरो तेहेरो जिम्मेवारी दिने उल्लेख छ । 

    आजको बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा कतिपय नेता कार्यकर्ताहरूले चलाइरहेको अभियानका बारेमा समेत कुरा उठ्ने बुझिएको छ । 

    असफलताको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले बिदा हुनुपर्ने मागसहित नेता कार्यकर्ताहरूले अभियान नै चलाउँदै आएका छन् । उनीहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् । अर्कोतिर आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारीका बारेमा समेत छलफल हुने बुझिएको छ । 

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १२:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij