Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह

मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह


  • 876
    Shares

    मनसुनजन्य सडक दुर्घटना न्युनिकरणका लागि मौसम पूर्वानुमानको पालना गर्न एआईजी कार्कीको आग्रह
    images

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

    एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराएका छन् । उनले नाफाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई निर्देशन दिएका छन्। जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न उनले चालक तथा यात्री दुवैलाई अपिल गरेका छन्। 

    यातायात क्षेत्रमा हुने विवाद समाधान र सुरक्षाका लागि प्रविधिको प्रयोगमा जोड दिँदै कार्कीले हालसम्म ४ सय भन्दा बढी सवारी साधनमा जीपीएस र ड्यासबोर्ड क्यामेरा जडान भइसकेको जानकारी दिएका छन् । यसबाट सवारी दुर्घटनाको सही पहिचान हुने र न्याय प्राप्तिमा सहज हुने उनको विश्वास छ । साथै, अनलाइन टिकिटिङ र यात्रीको सामानको सुरक्षाका लागि सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा लागू गर्न उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ध्यानाकर्षण गराएका छन्।

    विगतका वर्षहरूमा जस्तो बाढी र पहिरोका कारण सवारी साधन र यात्री बेपत्ता हुने दुःखद् घटना यो वर्ष दोहोरिन नदिन सबै पक्षबीच सहकार्य हुनुपर्नेमा एआईजी कार्कीले जोड दिएका छन् ।   

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ११:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij