Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पोखरामा दुई दिनदेखि उठेन फोहोर, विहीबारको वर्षाले सडकभरि दुर्गन्ध

पोखरामा दुई दिनदेखि उठेन फोहोर, विहीबारको वर्षाले सडकभरि दुर्गन्ध


  • 1.3K
    Shares

    पोखरामा दुई दिनदेखि उठेन फोहोर, विहीबारको वर्षाले सडकभरि दुर्गन्ध
    images

    काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विगत दुई दिनदेखि फोहोर नउठ्दा मुख्य बजार क्षेत्र र चोकहरू दुर्गन्धित बनेका छन्। विहीबार साँझ परेको भारी वर्षा र भेलका कारण सडक किनारमा थुपारिएको फोहोर बगाएर सडकभरि छरपस्ट भएपछि सर्वसाधारण र पर्यटकहरू सास्ती भोग्न बाध्य भएका छन्।

    विगत दुई दिनदेखि महानगरपालिकाका गाडी फोहोर उठाउन नआएपछि स्थानीयवासी र व्यवसायीहरूले बजारका मुख्य चोक, गल्ली र सडक किनारमा फोहोरका थुप्रा राखेका थिए। विहीबारको मुसलधारे वर्षापछि सडकमा आएको तीव्र भेलले उक्त प्लास्टिक, कुहिने फोहोर र विसर्जन नगरिएका कसिङ्गरहरू बगाएर सडकको बीच भागसम्म पुर्‍याएको छ। फोहोर पानी र लेदो सडकभरि फैलिँदा पोखराका न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृहलगायतका क्षेत्रहरू कुरूप र हिँडिनसक्नु भएका छन्।

    जब ठूलो पानी पर्छ, पोखराको सडकमा भल होइन, बाढी नै बग्छ । ओरालो भूभाग रहेको पोखराको सडक छेउको नालीले थेग्नै नसक्ने गरी बग्ने भलबाढीले सडक जलमग्न हुन्छ । सवारी आउजाउ गर्नसमेत गाह्रो हुन्छ । साना सवारी साधन त रोकिएकै ठाउँमा ढल्छन्, बग्छन् ।

    शुक्रबार बिहान केही ठाउँबाट सफा गर्ने काम भए पनि केही ठाउँमा बिहान अबेरसम्म पनि फोहर छरपष्ट थियो । झरी पर्दा जलमग्न हुने र फोहोर छरिएर दुर्गन्ध फैलिने पोखराको यो नियति नै बनिसकेको छ ।

    पोखरामा फोहोरको दिगो व्यवस्थापन नहुँदा बेला-बेला सडकमै थुप्रिने गरेको छ । सोही फोहोर सडकैभरि छरिएको दृष्यले पर्यटकीय नगरी पोखरालाई गिज्याउने गरेको छ ।  

     

     

     

     

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - ११:३३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij