Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखामा १०४ सहित गण्डकीमा थप ५४० जनामा कोरोना पुष्टि

गोरखामा १०४ सहित गण्डकीमा थप ५४० जनामा कोरोना पुष्टि


  • 4.9K
    Shares

    • images
    गोरखामा १०४ सहित गण्डकीमा थप ५४० जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ५४० जनामा कारोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६६३ जनामा गरिएको नमुना परीक्षण ३०० पुरुष र २४० जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार गोरखामा १०४, कास्की ७४, म्याग्दी १५, स्याङ्जा ७, बाग्लुङ ११५, पर्वत ३४, तनहुँ १७, लमजुङ ८९ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो ।   योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४२  पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३० हजार २३२ पुगेको छ ।

    गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६१ पुगेको छ ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - २०:५२:३८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij