Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी


  • 673
    Shares

    • images
    सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

    काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । अलायन्सले सोमबार काठमाडौंको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो ।

    आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले बिहानदेखि आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेको छ । अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ । 

    साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग समेत अघि सारेको छ ।

      

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १२:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij