Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजार घट्यो, कारोबार रकम ३ अर्ब ८९ करोड

शेयर बजार घट्यो, कारोबार रकम ३ अर्ब ८९ करोड


  • 4.5K
    Shares

    शेयर बजार घट्यो, कारोबार रकम ३ अर्ब ८९ करोड
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ । 

    आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबेभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको १७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७ लाख माथिको शेयर कारोबार भएको छ । बुङल हाइड्रोको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १५:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij