२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । दाङमा बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ भने एकजना फरार छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१०, बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भनिने राजेन्द्र चौधरी रहेका छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ओम, राजेन्द्र र तुलसीपुर-८, टिकरीका २४ वर्षीय राजेश चौधरीले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका राजेशको खोजी गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij