Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देशभर दुई थरी मौसम: कतै तातो दिन, कतै वर्षा

देशभर दुई थरी मौसम: कतै तातो दिन, कतै वर्षा


  • 1.5K
    Shares

    देशभर दुई थरी मौसम: कतै तातो दिन, कतै वर्षा
    images

    काठमाडौं । आज बिहीबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा अत्यधिक गर्मी बढ्ने सम्भावना छ भने देशका मध्य तथा पूर्वी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

    दिउँसोको समयमा विशेषगरी पश्चिमी क्षेत्रका सहरहरूमा ‘तातो दिन’ महसुस हुनेछ। पूर्वानुमान अनुसार दिपायल, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ।

    वीरेन्द्रनगरको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियस र दाङको घोराहीमा ३४ देखि ३६ डिग्रीसम्म पुग्नेछ। दिउँसो अत्यधिक गर्मी हुने भैरहवामा भने रातिको समयमा २० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान छ। 

    पश्चिमी क्षेत्रका धेरैजसो सहरमा रातिको मौसम मुख्यतया सफा रहनेछ। डडेलधुरा, जुम्ला र सिमरामा दिनभर मौसममा आंशिक बादल लाग्ने छ।

    अर्कोतर्फ, देशका मध्य र पूर्वी पहाडी तथा तराईका धेरै सहरहरूमा वर्षाको सम्भावना रहेको छ। संघीय राजधानी काठमाडौँमा दिउँसो ३० प्रतिशत र राति २० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

    काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसको बिचमा रहनेछ। पर्यटकीय सहर पोखरामा दिउँसो ४० प्रतिशत सम्भावनासहित मध्यम वर्षा र राति ३० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुनेछ।

    त्यसैगरी पूर्वी नेपालका ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। तराईको सहर विराटनगरमा अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियस पुग्ने भए पनि दिउँसो र राति दुवै समयमा ३० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुनेछ।

    जोमसोम, धरान, जनकपुर र जिरीमा पनि दिउँसोको समयमा २० देखि ३० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुनेछ। रातिको समयमा पनि पूर्वका धरान, धनकुटा र विराटनगरमा मध्यम वर्षा जारी रहने पूर्वानुमानमा उल्लेख छ।

    702801865_1992018031707272_2271011154267618594_n_2u6CybuZev.jpg

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १०:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij