Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारलाई उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ

सरकारलाई उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ


  • 1.2K
    Shares

    सरकारलाई उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । 

    बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका हुन् । 

    सरकारलाई प्रश्न गर्न नदिनेगरि सभामुखले गरेको रुलिङको समेत आफूहरूको विरोध रहेको उनले बताएका छन् । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखेका छन् । 

    सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताएका छन् । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरेका छन् । 

     

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १५:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij