२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्यामा उल्लेखित रुपमा कमी आएको छ ।
उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १६८ गरी १ हजार ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिर अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना कोरोना मुक्त भएका छन् ।
उहाँका अनुसार १० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij