Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस

सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस


  • 1.2K
    Shares

    सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस
    images

    काठमाडौं । सशस्त्र प्रहरीका ५ जना उच्च अधिकृतहरूलाई एक तह माथिल्लो पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई सशस्त्र प्रहरी नायब महानिरीक्षकमा (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

    मङ्गलवार गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बढुवा समितिले खड्का सहितका उच्च अधिकृतहरूलाई एक तह बढुवा गर्न सिफारिस गरेको हो । बढुवा समितिले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा सशस्त्रका एसपी सञ्जय भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको छ ।  

    मङ्गलवार नै एआईजीमा सिफारिस भएका अञ्जनीकुमार पोखरेलको बढुवा नियुक्ति भएपछि रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

    कानुन समूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याललाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ । सो समूहमा यसअघि नै नयाँ दरबन्दी स्वीकृत भए पनि बढुवा सिफारिस हुन सकेको थिएन ।  

    स्वास्थ्य समूहतर्फ प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा।रोस्सु थापालाई सोही समूहको एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।

    कानुनतर्फ एसपी छविलाल पाण्डेलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धी अधिकृतहरूले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ अनुसार ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् । 

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १२:१७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij