Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय


  • 2.2K
    Shares

    विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
    images

    काठमाडौं । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

    जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।  

    बैठकले नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तरगत स्वीटजरल्याण्ड सरकारको ६.११ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमवी स्वीकार गर्ने पनि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १७:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij