Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कर्मचारीलाई तलब बृद्धिसँगै के-के छ नयाँ सुविधा?

कर्मचारीलाई तलब बृद्धिसँगै के-के छ नयाँ सुविधा?


  • 8.2K
    Shares

    • images
    कर्मचारीलाई तलब बृद्धिसँगै के-के छ नयाँ सुविधा?

    काठमाडौँ । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ वृद्धि गरेको छ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा विभिन्न तहमा कार्यरत सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि गरिएको हो।

    साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

    अध्यादेशमार्फत ल्याइएको ०७८/७९ को बजेटमा हाल दिइएको महँगी भत्तालाई कायमै राखिएको छ। ०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो। सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलब बढाउने घोषणा भएको थियो।

    समयानुकूल तलब भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दबाब दिइरहेका थिए। निजामती कर्मचारीको तलबमान र अरू सेवा सुविधाबारे सुझाव पेस गर्न ‘पे कमिसन’ गठन गर्नेसमेत अर्थमन्त्रीले बताएका छन्।

    कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ।

    निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत अर्थमन्त्रीले बताएका छन् ।

    बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शय्या तोक्नुका साथै ‘डेडिकेटेड सेवा’ सुरु गर्नेसमेत बजेटमा उल्लेख छ।

    निजामती कर्मचारीका सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नति गर्ने अर्थमन्त्रीले बताए।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १७:०५:०५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij