Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

धितोपत्र बोर्डले पाउने भयो नयाँ नेतृत्व: जेठ ८ मा अन्तर्वार्ता

धितोपत्र बोर्डले पाउने भयो नयाँ नेतृत्व: जेठ ८ मा अन्तर्वार्ता


  • 1.2K
    Shares

    धितोपत्र बोर्डले पाउने भयो नयाँ नेतृत्व: जेठ ८ मा अन्तर्वार्ता
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम छनोट सूची (सर्टलिस्ट) मा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गरेको हो।

    अध्यक्ष पदका लागि कूल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ । छनोटमा परेका यी चारै जना उम्मेदवारहरूलाई आगामी जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ ।

    सर्टलिस्टमा परेका डा। नवराज अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन् । उनले करिब एक महिनाअघि मात्र सेवाबाट अवकाश पाएका थिए । त्यस्तै, विनयदेव आचार्य हाल सेबोनमै कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । मुकुन्द कुमार क्षेत्री सेबोनका पूर्वसञ्चालक हुन् भने डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।

    सिफारिस समितिको नेतृत्व डा. गुणाकर भट्टले गरेका थिए । तर आवेदन दिनेमध्येका डा. गोपालप्रसाद भट्ट उनका आफ्नै दाजु परेको हुँदा स्वार्थ बाझिने भन्दै डा. गुणाकरले समितिबाट राजीनामा दिएका थिए ।  

    700082891_1286933903547960_8350808731376618581_n.png

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १६:५३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij