२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । शीतगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका-७ का २७ वर्षीय विशाल जिएम र सन्धिखर्क नगरपालिका-२ इन्द्रेणीटोल बस्ने २६ वर्षीय मनिस केसी रहेको प्रहरीले जनाएको छ ।
वैशाख ३१ गते रातिको समयमा घरको बरन्डामा पार्किङ गरी राखिएको एक एभेन्जर मोटरसाइकल र शीतगंगा सटिङ्ग तथा टेलरिङ सेन्टर अगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी भएको थियो । यस्तै वर्ल्ड स्टार होटलबाट ईभी गाडी चार्ज गर्ने एडप्टर बक्स पनि चोरी भएको थियो ।
तीनै चोरीका घटनामा संलग्न भएको आरोपमा जिएम र केसी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij