Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अनशनरत रुबीको स्वास्थ्य अवस्था गम्भीर, खुट्टाबाट दिइँदै स्लाइन

अनशनरत रुबीको स्वास्थ्य अवस्था गम्भीर, खुट्टाबाट दिइँदै स्लाइन


  • 1.1K
    Shares

    अनशनरत रुबीको स्वास्थ्य अवस्था गम्भीर, खुट्टाबाट दिइँदै स्लाइन
    images

    काठमाडौं । निर्मला कुर्मी हत्या प्रकरणमा न्यायको माग गर्दै महिला अधिकार मञ्चकी केन्द्रीय अध्यक्ष रुबी खानले थालेको आमरण अनशन आज २२औँ दिनमा पुगेको छ। 

    नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा उपचाररत खानको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। महिला अधिकार मञ्चका राष्ट्रिय प्रवक्ता मोहम्मद शेर भगवानका अनुसार चिकित्सकहरूले ‘तागतको पानी’ (आईभी फ्लुइड) को मात्रा बढाएपछि रुबी खान सामान्य बोल्न सक्ने अवस्थामा भए पनि उनीसँग धेरै बोल्ने शक्ति छैन।

    महिला मञ्च बाँके अध्यक्ष सकिना शाहले रुबीको जीवन जोखिममा परेको भन्दै सरकारको निरन्तर बेवास्ताप्रति आक्रोश व्यक्त गरेकी छन्। रुबीका हातका सबै नसाहरू लगभग ब्लक भइसकेको र चिकित्सकहरूले खुट्टाबाट स्लाइन दिन बाध्य भएको उनले बताइन्।

    गम्भीर स्वास्थ्य अवस्थाबीच पनि रुबी खान आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडानमा कायम रहेको महिला अधिकार मञ्चले जनाएको छ। निर्मला कुर्मी हत्या प्रकरणमा न्याय सुनिश्चित गर्न दबाबस्वरूप सुरु गरिएको यो आन्दोलनको नेतृत्व महिला अधिकार मञ्च बाँकेले गरिरहेको छ।

    खानको अवस्था बुझ्न र उनीसँग छलफल गर्न आज प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको कार्यालयबाट तीन जना प्रतिनिधिहरू अनसनस्थल आउँदै गरेको भन्ने जानकारी पाएको प्रवक्ता भगवानले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १५:०६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij