Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मेरो क्षेत्रको ‘भगवान’को रक्षा गरिदिनुस्: जगदीश खरेलले

मेरो क्षेत्रको ‘भगवान’को रक्षा गरिदिनुस्: जगदीश खरेलले


  • 960
    Shares

    मेरो क्षेत्रको ‘भगवान’को रक्षा गरिदिनुस्:  जगदीश खरेलले
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो क्षेत्रका ‘भगवान’ र मूर्तिको रक्षा गरिदिन माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै ललितपुर-२ बाट निर्वाचित सांसद खरेलले ललिपतुरबाट ऐतिहासिक मन्दिरका मूर्ति र सम्पदा चोरी भएको भन्दै रक्षाको व्यवस्था गर्न माग गरेका हुन् ।

    खरेलले भने, ‘सम्म्पदा र सभ्यताको धनी नगरी ललितपुर-२ बाट प्रतिनिधित्व गर्छु । हामीलाई धेरै लाग्छ भगवानले रक्षा गर्छन् । मेरो नगरमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ । मूर्ति, हिती चोरी भएको छ । उत्खनन गर्नुपर्ने अवस्था छ । अतिक्रमण बढेको छ,’ ‘सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ लौन अब त भगवानलाई जोगाउनुपर्‍यो भन्नुहुन्छ । रातो मच्छिन्द्रनाथको जात्रा १६ सय वर्ष पुरानो हो । तर, यही जात्राको रथको ९ फिट लामो धोमाको दायाबायाँको हिती मंगल चोरी भएको छ । हराएको एक-डेढ महिना भयो । यसको खोजीको लागि ध्यानाकर्षण गराउँछु ।’ 

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १२:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij