२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भारतको बिहार राज्यबाट ६ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ। विभिन्न बहानामा भारत पुर्याइएका उनीहरूलाई उद्धार गरी कूटनीतिक समन्वयमार्फत नेपाल फर्काउने तयारी भइरहेको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’ को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धार कार्यका लागि खटिएकाहरूले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए ।
उद्धार गरिएका बालबालिकामध्ये चारजना कोशी प्रदेशका छन् । उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ ।
बालबालिका भारत पुग्नुको प्रकृति फरक-फरक रहेको बताइएको छ । यसबारे थप विवरण आवश्यक परामर्श तथा अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।
नेपाल फर्काएपछि उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाइनेछ। खुला सिमानाका कारण रोजगारी वा अन्य प्रलोभनमा पारेर बालबालिकाहरूलाई भारत पुर्याउने क्रम नरोकिएकाले सीमा नाकामा निगरानी अझ बढाउनुपर्ने मानवअधिकारकर्मीहरूले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij