Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

त्रिविको चार वर्षे बीएडलाई सेमेस्टर प्रणालीमा लैजाने तयारी

त्रिविको चार वर्षे बीएडलाई सेमेस्टर प्रणालीमा लैजाने तयारी


  • 757
    Shares

    त्रिविको चार वर्षे बीएडलाई सेमेस्टर प्रणालीमा लैजाने तयारी
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षाशास्त्र संकाय अन्तर्गतको चार वर्षे स्नातक तह (बीएड) लाई सेमेस्टर प्रणालीमा लैजाने तयारी सुरु गरेको छ। हाल वार्षिक प्रणालीमा सञ्चालन भइरहेको यो कार्यक्रमलाई शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सेमेस्टरमा रूपान्तरण गर्न लागिएको हो।

    विश्वविद्यालय स्रोतका अनुसार, वार्षिक प्रणालीका कारण परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा निरन्तर ढिलाइ भएपछि त्रिविले यो कदम चाल्न लागेको छ। सेमेस्टर प्रणालीमा गएपछि पठनपाठन नियमित हुने, विद्यार्थीको मूल्यांकन वस्तुनिष्ठ हुने र शैक्षिक क्यालेन्डर लागू गर्न सहज हुने विश्वास त्रिवि पदाधिकारीहरूको छ।

    शिक्षाशास्त्र संकाय डीनको कार्यालयले शिक्षाशास्त्रका चार वर्षे स्नातक तहको पाठ्यक्रम परिमार्जनका लागि काम सुरु भएको जनाएको छ। यसका लागि चार वर्षे स्नातक तहका २१६ वटा विषयका पाठ्यपुस्तक परिमार्जन गर्न लागिएको छ। 

    सबै पाठ्कपुस्तक परिमार्जन गर्न शिक्षाशास्त्र संकायअन्तर्गत १६ वटा विषय समितिका ८० जना विषय समिति सदस्य शिक्षक चयन गरिएका छन्। उनीहरूलाई तालिम पनि दिइएको छ। 

    नेपाल सरकार, युरोपियन युनियन र फिनल्यान्डको विदेश मन्त्रालयले आर्थिक सहयोगमा जेठ ३ र ४ गते तालिम प्रदान गरिएको हो। उनीहरूलाई ‘टेक्निकल सपोर्ट कर्पोरेसन टु द स्कुल इजुकेसन सेक्टर ९टीईसीएसईएस० नेपाल’ कार्यक्रममा विज्ञहरूले तालिम दिएको शिक्षाशास्त्र संकायका डीन प्रा।डा। वेदराज आचार्यले जानकारी दिए। 

    शिक्षकलाई टीईसीएसईएस नेपालका विज्ञ डा। टुवी लेपानन, उपप्राध्यापक डा। प्रेमप्रसाद पौडेल र डा। कमलराज देवकोटाले प्रशिक्षण दिएका थिए। 

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १७:३७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij