Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमृत झा रिहाको गलत सूचना प्रवाह भएकोमा परराष्ट्रले माग्यो माफी

अमृत झा रिहाको गलत सूचना प्रवाह भएकोमा परराष्ट्रले माग्यो माफी


  • 1.2K
    Shares

    अमृत झा रिहाको गलत सूचना प्रवाह भएकोमा परराष्ट्रले माग्यो माफी
    images

    काठमाडौं । इरानमा बन्धक बनाइएका नेपाली नागरिक अमृत झा रिहा भएको भनी गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन पुगेको भन्दै क्षमायाचना गरेको हो।

    यसअघि मन्त्रालयले झा इरानी अधिकारीहरूको नियन्त्रणबाट मुक्त भइसकेको दाबी गरेको थियो। तर, उक्त सूचना गलत सावित भएपछि मन्त्रालयले आफ्नो गल्ती स्वीकार गरेको छ। झा अझै पनि इरानी प्रशासनकै नियन्त्रणमा रहेको र उनलाई सुरक्षित रूपमा नेपाल फर्काउन कूटनीतिक प्रयासहरू जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

    ‘इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ’, परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ ।’

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १६:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij