Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक

नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक


  • 694
    Shares

    नेपाल बार एसोसिएसनकाे आकस्मिक बैठक
    images

    काठमाडौं । सर्वोच्च अदालतमा देखिएको विकसित घटनाक्रमको विषयमा धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको सोमबार आकस्मिक बैठक राखेको छ। 

    संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा। मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै दायर भएर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको र लामो समय होल्डमा राखेको विषयलाई लिएर बारको आकस्मिक बैठक बस्न लागेको बारका महासचिव केदार कोइरालाले जानकारी दिएका छन्।

    उनका अनुसार कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधि सभामा केही सांसदहरूले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    सोमबार कामु प्रधान न्यायाधीश मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल दर्ता गर्न र मंगलबारको पेसी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन्। 

    तर, सर्वोच्च प्रशासनले कामु प्रधान न्यायाधीशले दिएको आदेश नमानेको भन्दै नेपाल बारले आफ्नो धारणा सार्वजनिक गर्न बैठक बोलाएको हो।  

     

    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १५:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij