Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कुलोको ठेक्का विवादमा दाजुभाइको हत्या भएको निष्कर्ष

कुलोको ठेक्का विवादमा दाजुभाइको हत्या भएको निष्कर्ष


  • 1.5K
    Shares

    कुलोको ठेक्का विवादमा दाजुभाइको हत्या भएको निष्कर्ष
    images

    काठमाडौं । नुवाकोटको म्यागम गाउँपालिका-४ स्थित किम्ताङ बेसीका दाजुभाइ वैशाख २९ मा घरबाट कुलो बनाउन निस्केका थिए । ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङ त्यस दिन साँझ घर फर्केनन् । 

    वैशाख ३० मा बिहान किम्ताङ खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा शव भेटियो । भरुवा बन्दुक प्रयोग गरेर उनीहरूको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू वैशाख ३१ मा पक्राउ परेका हुन् । हत्यापछि भागेका उनीहरूलाई धादिङको खनियाबास गाउँपालिका वडा नम्बर-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाले बताए ।

    किम्ताङ खोलामा बन्दै गरेको कुलोको पेटी ठेक्काको विवादमा दाजुभाइको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतक दाजुभाइ यसअघि पनि गाउँमा ठेक्कापट्टा गर्थे । हत्यामा संलग्न धने र माइला मजदुर हुन् । बन्दै गरेको कुलोमा उनीहरुले काम गर्न खोजेका थिए । समराज र सुर्यमानले ठेक्का अर्कैले पारेको हुनाले आफूहरूले काम दिन नसक्ने बताएपछि उनीहरूको बिचमा विवाद चर्केको थियो । 

    विवाद भएपछि मोटरसाइकल लिएर समराज र सूर्यमान खोलातिर झर्छन् । बाटोमा धने र माइला बन्दुक लिएर बसेका थिए । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार बाटोमा कुरेर बसेका आरोपीहरूले भरुवा बन्दुकले उनीहरूलाई प्रहार गरेका हुन् ।

    मृतक दाजुभाइको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन । घटनास्थलबाट प्रहरीले ३ वटा भरुवा बन्दुकसहित खुकुरी र एउटा मोटरसाइकल बरामद गरेको छ । फोनमा बाझाबाझ भएपछि मृतकहरू आफूहरूसँग झगडा गर्न आएको धने र माईलाले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । 

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १४:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij