Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, अर्की बालिकाको अवस्था पनि गम्भीर

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, अर्की बालिकाको अवस्था पनि गम्भीर


  • 869
    Shares

    जंगली च्याउ खाँदा २  जनाको मृत्यु, अर्की बालिकाको अवस्था पनि गम्भीर
    images

    काठमाडौं । चितवनमा जंगली च्याउ खाँदा मृत्यु भएकाको सङ्ख्या दुई पुगेको छ। जंगली च्याउ सेवनका कारण इच्छाकामना गाउँपालिका(१, कुलबाङगमा दुई जनाको मृत्यु भएको हो।

    मृतकमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको मृत्यु जेठ १ गते भएको हो भने सञ्जयको उपचारका क्रममा शनिबार राति निधन भएको हो।

    वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी खाएका थिए। जसमध्ये तीन जनालाई उपचारका लागि जेठ १ गते भरतपुर अस्पताल ल्याइएको थियो।

    उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भयो भने १३ वर्षीया मनिता चेपाङको उपचार जारी छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले बताए।  

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १३:४२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij