Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता

१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता


  • 4.5K
    Shares

    १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता
    images

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब  ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
    उद्योग विभागकाअनुसार चालु आवको साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोे हो । 

    गत चैतसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी भित्रिएको थियो । उक्त अवधिमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता कृषिमूलक उद्योगमा आएको छ । कृषिमूलक १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । यस्तै पर्यटनमूलक क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

    यस्तै उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

    यस्तै ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैशाखमा मात्र ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ । 

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १३:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij