Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोनाका कारण पत्रकार महासङ्घका उपाध्यक्ष भण्डारीको निधन

कोरोनाका कारण पत्रकार महासङ्घका उपाध्यक्ष भण्डारीको निधन


  • 6.4K
    Shares

    • images
    कोरोनाका कारण पत्रकार महासङ्घका उपाध्यक्ष भण्डारीको निधन
    images

    पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भडारीको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि भण्डारीलाई उपचारका लागि झापाको बिर्तासीटी अस्पताल लगिएको थियो । वैशाख ३१ गते अस्पताल भर्ना भएका भण्डारीलाई भेन्टिलेटरमा लाखेर उपचार गरिएको थियो ।

    स्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका भण्डारीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भण्डारीको शनिबार दिउँसो ४:३० बजे निधन भएको हो । 

    भण्डारीको शव शनिबार राति फिदिम ४ स्थित कोशी किनारमा नेपाली सेनाको रणशेर गणको टोलीले अन्त्यष्टि गरेको छ । पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङमा २०२७ सालमा जन्मिएका भण्डारीका श्रीमति एक छोरा र दुई छोरी छन् । सदरमुकाम फिदिमलाई कर्म क्षेत्र बनाएका भण्डारी डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल थिए । 

    ट्रेड युनियन कांग्रेस पाँचथरका कार्यबाहक अध्यक्ष समेत रहेका भण्डारीको साहित्यमा समेत दखलता थियो । उनी फिदिमस्थित कञ्चनजंघा उच्चमाध्यमिक विद्यालयमा प्राध्यापनरत थिए । 

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १२:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij