२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आज (आइतबार) देखि ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा जेठ ३० गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij