Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डलरको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

डलरको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज यस्तो छ विदेशी मुद्राको विनिमयदर


  • 1.3K
    Shares

    डलरको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन्।

    आज अमेरिकी डलरसँगै कुवेती र बहराइन दिनारसहित मुद्राको मूल्य पनि पनि बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड राख्दै आएको अमेरिकी डलरको विनिमयदर आज थप वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा थियो।

    आज युरो १ को खरिददर १७८ रुपैयाँ ३८ र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा थियो।

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ २० पैसा र बिक्रीदर ५०१ रुपैयाँ १६ पैसा थियो।

    आज बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ०८ पैसा थियो।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

    1-14.png

    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - ०६:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij