Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा सञ्चालित शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ सञ्चालक पक्राउ

काठमाडौंमा सञ्चालित शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ सञ्चालक पक्राउ


  • 1.4K
    Shares

    काठमाडौंमा सञ्चालित शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ सञ्चालक पक्राउ
    images

    काठमाडौं । दर्ता तथा नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ जना सञ्चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ। 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका १५ वटा केन्द्रमा विशेष अपरेसन चलाउँदै उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्व तयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गरिरहेकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।

    उनका अनुसार उपत्यकाका १५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य गरेको फेला परेका थिए।

    ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भनी ठगी गर्ने गरेको उजुरी, गुनासो निवेदन परेकाले शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ।

    कार्यालयले शुक्रबार नै एक सूचना जारी गरी ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए कार्यालयमा निवेदन दिन पनि आग्रह गरेको छ।

    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - ०६:४६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij