२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ । शुक्रबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो जनाएको हो ।
प्रतिवेदन अनुसार सरकारको जमानीमा एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो। उक्त ऋणको तिर्नुपर्ने दायित्व बढेर अहिले ५५ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
साँवाब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ। दुवै कोषको गरेर एयरलाइन्सको दायित्व ५५ अर्ब ४ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij