Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

करेन्ट र लाली चाउचाउसँगै क्रयाकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक, बजारबाट फिर्ता गर्ने आदेश

करेन्ट र लाली चाउचाउसँगै क्रयाकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक, बजारबाट फिर्ता गर्ने आदेश


  • 1.4K
    Shares

    करेन्ट र लाली चाउचाउसँगै क्रयाकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक, बजारबाट फिर्ता गर्ने आदेश
    images

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

    विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीद्वारा उत्पादित ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको जनाएको हो। 

    परीक्षणका क्रममा बिस्कुटमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरुप नपाइएको विभागको भनाइ छ। ​​​​​​एसियन बिस्कुट एण्ड कन्फेक्सनरीबाट उत्पादन हुँदै आएको ७५ ग्रामको क्रयाकर्स बिस्कुट  गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका बिस्कुटलाई तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो।

    विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

    1778762173-k9t08.jpg

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १३:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij