Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका

पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका


  • 582
    Shares

    • images
    पूर्वगृहमन्त्री गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको कांग्रेसको आशंका
    images

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङलाई छानबिन समितिमार्फत चोख्याउन लागिएको आशंका गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका हुन् । आङदेम्बेले भने, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’

    उनले गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । समिति गठन भएपछि आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भनेका छन् । तर, उनले समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने उल्लेख गरेका छन् । समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने आङदेम्बेको भनाइ छ । 

    पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको सेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठेपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

     

     

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १३:१०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij