Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संविधान संशोधन छलफल जेनजी अगुवाहरूद्वारा बहिष्कार

संविधान संशोधन छलफल जेनजी अगुवाहरूद्वारा बहिष्कार


  • 2.3K
    Shares

    संविधान संशोधन छलफल जेनजी अगुवाहरूद्वारा बहिष्कार
    images

    काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकार पक्षले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार गरेका छन् । विगतमा भएका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै उनीहरुले सरकारले शुक्रबार राखेको छलफल बहिष्कार गरेका हुन् ।

    सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले पत्र पठाएर उनीहरूलाई छलफलमा बोलाएको थियो । तर, जेनजी आन्दोलनका २५ जना अगुवाहरुले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उक्त छलफलमा सहभागी नहुने जनाएका हुन् । उनीहरुले छलफल बहिष्कार गर्नुमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखाएका छन् । 

    ‘आन्दोलनमा सहभागी भएकै कारण सयौँ साथीहरूले आज पनि झुट्ठा मुद्दा खेपिरहेका छन् भने सहिद परिवार र घाइतेहरू न्यायको पर्खाइमा छन्’, संयुक्त विज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकारसँग २०८२ मंसिर २४ मा भएको १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन । जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।’

     

    g1.jpg

    g2.jpg

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १२:३४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij