Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माडीका चेपाङ समुदायका लागि बागमती प्रदेश सरकारले ३९ घर बनाउँदै

माडीका चेपाङ समुदायका लागि बागमती प्रदेश सरकारले ३९ घर बनाउँदै


  • 1.5K
    Shares

    माडीका चेपाङ समुदायका लागि बागमती प्रदेश सरकारले ३९ घर बनाउँदै
    images

    काठमाडौं । चितवन, माडी-७ कुसुम खोलाबाट चितवन राष्ट्रिय निकुञ्जले बस्ती नै उठाएपछि विस्थापित भएर उनीहरू त्यहाँ आएका थिए । उनीहरूसँग न बस्न घर छ, न खेतीपातीका लागि जमिन । बगरमा बाँध बारेर नदी उकास जमिनमा कत्तरले बारेको घरमा उनीहरूको जीविका चल्दै आएको छ ।

    खोला किनारमा ५० भन्दा बढी परिवार बस्दै आएका छन् । अधिकांश चेपाङ समुदाय रहेको उक्त गाउँमा मगर तथा तामाङ समुदाय केही मात्रामा छन् ।छाप्रोजस्ता घरलाई काँस र खरले छाएर बस्दै आएका उनीहरूलाई बागमती प्रदेश सरकारले पक्की घर बनाइदिने भएको छ ।

    सीमान्तकृत, गरिब, आर्थिक रूपले विपन्नहरूका लागि सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराउँदै आएको प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत माडीका ३९ परिवारलाई घर बनाइदिने भएको हो । बागमती प्रदेश सरकारले चितवनको माडीमा बसोबास गर्ने चेपाङ समुदायका ३९ परिवारका लागि पक्की घर निर्माण गरिदिने भएको छ । कुसुम खोलाबाट विस्थापित भई नदी उकास जग्गामा बस्दै आएका चेपाङ समुदायका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत यो आवास निर्माण गर्न लागेको हो ।

    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेशचन्द्र देवकोटाका अनुसार आर्थिक वर्ष २०७५.०७६ पछि संघ सरकारबाट जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भएको हो । संघ सरकारबाट प्रदेशमा हस्तान्तरण भएपछि पनि ७०७ वटा आवासगृह निर्माण सम्पन्न गरिसकेको छ भने ९०९ वटा घरपरिवारसँग घर निर्माणको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको उनले बताए । जसमध्ये ८८४ परिवारले पहिलो र दोस्रो किस्ता, ८७० घरपरिवारले तेस्रो किस्ता रकम बुझेर काम अघि बढिरहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १०:४६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij