Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित


  • 974
    Shares

    बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
    images

    काठमाडौं । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो । 

    अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् । विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिनुपर्ने अडान राखेका थिए ।

    बिहीबारै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए ।

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - २२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij