Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान

गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान


  • 2.0K
    Shares

    गोरखाका दुई स्वास्थ्य केन्द्रमा प्रयोगशालाका लागि ८० लाखको सामग्री प्रदान
    images

    काठमाडौं । गोरखाका दुई स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामाग्री प्राप्त भएको छ । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका–६ अश्राङ स्थित शहिदस्मृति आधारभूत अस्पतालमा प्रयोगशालाका लागि सामाग्री प्रदान गरिएको हो ।

    दुई स्वास्थ्य केन्द्रमा गरी करिब ८० लाख रुपैयाँ बराबरका आधुनिक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए । नागरिकलाई गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाग्री उपलब्ध गराइएको उनले बताए ।

    श्राङस्थित शहिदस्मृति आधारभूत अस्पताललाई अत्याधुनिक डिजिटल प्रविधिको एक्स–रे, भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन र फ्रिज लगायतका सामग्रीहरू प्रदान गरिएको छ । यसैगरी, गोरखा नगरपालिका–२, ताप्लेस्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला स्थापनाका लागि आइएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप लगायतका उपकरणहरू उपलब्ध गराइएको छ।

    यी उपकरणसँगै अब त्यस क्षेत्रका बासिन्दाले सामान्य स्वास्थ्य परीक्षण र रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास रहेको सम्भव नेपालका संस्थापक अध्यक्ष खत्रीले बताए ।

    खत्रीले बुधबार सो सामाग्री स्थानीय तह र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । जसमा कोखेआहालेको कार्यक्रमा गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना, उपमेयर सपना पुन, वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतको सहभागिता रहेको थियो । त्यस्तै अश्राङमा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा, उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिती रहेको बताइएको छ ।

    प्रयोगशाला स्थापनाका लागि उपकरण, औचारहरूको सदुपयोग गरी छिट्टै सेवा सञ्चालन गरिने पालिका प्रमुखहरूले प्रतिवद्धता जनाएका छन् । साथै उनीहरूले सम्भव नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य जारी राख्न आग्रह गरे ।

    खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधाभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालन रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १९:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij