Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्री सदनमा नआउने कोसिसमा हुनुहुन्छ, यो कुरा अन्तर्राष्ट्रिय मिडियामा पुगे के होला ?: महावीर

प्रधानमन्त्री सदनमा नआउने कोसिसमा हुनुहुन्छ, यो कुरा अन्तर्राष्ट्रिय मिडियामा पुगे के होला ?: महावीर


  • 757
    Shares

    प्रधानमन्त्री सदनमा नआउने कोसिसमा हुनुहुन्छ, यो कुरा अन्तर्राष्ट्रिय मिडियामा पुगे के होला ?: महावीर
    images

    काठमाडौं । सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय सकारात्मक भए पनि मन्त्रालयको नाममा अनुसन्धान शब्द छुटेको बताए।

    उनले आफूलाई माननीयभन्दा विद्यार्थी ठान्ने गरेको बताए। उनले यसअघि दिएको श्राप फिर्ता लिने घोषणा गरे। नीति तथा कार्यक्रममा पुँजीगत खर्चको १ प्रतिशत बजेट अनुसन्धान तथा विकास क्षेत्रमा छुट्टाउने व्यवस्था गर्न आग्रह गरे।

    उनले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने बताए।

    उनले भने, ‘प्रधानमन्त्रीज्यू यहाँ आउनुभएन। हामीले पनि उहाँलाई ल्याउन कोसिस गरिरहेका छौँ, अनि उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ। यो हाम्रो आन्तरिक कुरा होस्। भोलि यो कुरा इन्टरनेसनल मिडियामा गयो भने के होला भन्ने होला भन्ने डर लागेको छ। उहाँले विश्वभर ख्याति प्राप्त गर्नुभएको छ।’

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १८:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij