२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मनाङमा निर्मित सशस्त्र प्रहरी बलको पर्वतीय तालिम शिक्षालयको उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मनाङमा निर्माण भएको तालिम शिक्षालय भवनको उद्घाटन गरेका हुन् ।
शिक्षालयमा सञ्चालित सिसम-२ उच्च भू-भाग खोज तथा उद्धार तालिमको पनि समापन गरिएको छ । कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको ज्ञान, त्याग र साहसको प्रशंसा गरेका छन् ।
सशस्त्रका आईजी नारायणदत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले आफूलाई राष्ट्रको भरोसायोग्य सुरक्षा सङ्गठनका रूपमा आफूलाई स्थापित गर्दै आएको बताएका छन् ।
उच्च भूभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरूले वैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij