Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई


  • 624
    Shares

    • images
    त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।

    अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा। दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो ।

    विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ । उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ ।

     

     

     

     

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १६:००:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij