२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.०७ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ ।
आज ८० कम्पनीको शेयर बढेको छ भने १७४ कम्पनीको शेयर घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.०६, विकास बैंक ०.५३, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.२५, लगानी ०.२६, उत्पादन तथा प्रशोधन ०.५२, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.५१ प्रतिशत घटेको छ ।
युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशत बढेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.२२ तथा सामुदायिक लघुवित्तको २.५० प्रतिशत बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको १८ करोड ७७ लाख रुपैयााको शेयर कारोबार भउको छ । एसवाई प्यानलको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij