Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निर्माण व्यवसायीहरू आन्दोलनमा, सडक र सिँचाइ विभागलाई दिए ज्ञापनपत्र

निर्माण व्यवसायीहरू आन्दोलनमा, सडक र सिँचाइ विभागलाई दिए ज्ञापनपत्र


  • 2.6K
    Shares

    निर्माण व्यवसायीहरू आन्दोलनमा, सडक र सिँचाइ विभागलाई दिए ज्ञापनपत्र
    images

    काठमाडौं । इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ ।

    अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले बिहीबार धर्ना दिएका हुन् ।

    व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताएका छन् ।

    उनकाअनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन् । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाएका छन् । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ ।

    म्याद थप, बैंक ग्यारेन्टी, इन्स्योरेन्स जस्ता विषयलाई सरकारले सम्बोधन गरेर अघि बढ्नुपर्नेमा त्यसको सम्बोधन नहुँदा आफूहरूले बाध्य भएर काम रोक्नुपरेको घिमिरेको भनाइ छ ।

     

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १५:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij