Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारीको नामबाट राख्ने घोषणाप्रति एमाले नेता योगेशको असन्तुष्टि

सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारीको नामबाट राख्ने घोषणाप्रति एमाले नेता योगेशको असन्तुष्टि


  • 6.4K
    Shares

    सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारीको नामबाट राख्ने घोषणाप्रति एमाले नेता योगेशको असन्तुष्टि
    images

    ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको घोषणाप्रति नेकपा (एमाले) नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट वक्तव्यमा सुकेटार विमानस्थलको नाम फेरेर ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने घोषणा गरेका थिए । अर्थमन्त्री पौडेलले विमानस्थलको धावनमार्ग विस्तारका बजेट विनियोजन गरिएको बताएका थिए ।

    नेता भट्टराईले कुनै पनि स्थानहरूको परिचय परिवर्तन गर्न खोज्नुअघि स्थानीइ बासिन्दासँग छलफल गर्नुपर्ने बताएका छन् । भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

    आइतबार बिहान फेसबुकमा लेखेका छन्, “ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्दछ ।”

    सरोकारवालासँग सहमति नगरि परिणाममा पुग्न नसकिने उनले औल्याएका छन् । भट्टराईले भनेका छन्, “असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भने मात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।”

    सरकारले सुकेटारसँगै तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गर्ने घोषणा गरेको छ । चुहानडाँडा विमानस्थलको नाम आङ छिरिङ शेर्पाको नाममा परिवर्तन गर्ने बजेट भाषणमा घोषणा गरिएको छ ।

    ताप्लेजुङमा १५ फागुन २०७५ मा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पा सहित सात जनाको निधन भएको थियो ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १०:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij