Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

नेतृत्व नसच्चिए फरक बाटो तय गर्ने मोहनबहादुर बस्नेतको चेतावनी

नेतृत्व नसच्चिए फरक बाटो तय गर्ने मोहनबहादुर बस्नेतको चेतावनी


  • 92
    Shares

    नेतृत्व नसच्चिए फरक बाटो तय गर्ने मोहनबहादुर बस्नेतको चेतावनी

    काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन् ।

    वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र नेतृत्व तहमा रहेका नेताहरू नै जिम्मेवार हुनुपर्ने धारणा राखेका छन् । नेता बस्नेतले सभापति गगन थापाको नामै किटेर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरित कब्जा जमाउन खोजेको दाबी गरेका छन्। उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।

    आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा दुई पक्षले घोषणा गरेका अलग–अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने उनले बताएका छन् । वार्ता शक्ति र सामथ्र्यसँग हुने भन्दै उनले आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने घोषणा समेत गरेका छन्। 

    उनले भने, ‘म गगन थापाजीको सुरुदेखि नै विरोधी हुँ । गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ, साथीहरूको सहमतिबिना म कहिल्यै उहाँसामु लत्रने वा झुक्ने छैन । पहिले यो प्रक्रिया खारेज गरिनुपर्छ । त्यसपछि शेरबहादुर देउवा, डा। शेखर कोईराला र अन्य समूहहरूलाई मिलाएर एउटा साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिनुपर्छ । “हामीले प्रजातन्त्र जोगाउन र पार्टीप्रतिको गिद्धे दृष्टि समाप्त पार्न हिम्मतका साथ अगाडि बढ्नुपर्छ। यदि नेतृत्वले सुध्रिने प्रयास गरेन भने दौडिन सक्ने नयाँ नेतृत्व निस्किनेछ ।’

    नेता बस्नेतले पार्टी जोगाउन र प्रजातन्त्रको रक्षाका लागि आवश्यकता परे ‘फरक बाटो’ तय गर्न सकिने संकेत समेत दिएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १७:४६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij