Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि मिच्न पाइँदैन: प्रकाशमान सिंह

नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि मिच्न पाइँदैन: प्रकाशमान सिंह


  • 393
    Shares

    नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि मिच्न पाइँदैन: प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् । वागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।  

    नेता सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरुको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाएका छन् । उनले मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरुले खेलेको भूमिका नभुल्न समेत नेता थापालाई आग्रह गरेका छन् । उनले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिएका छन् । 

    उनले भने, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ । तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाईं नेतृत्व लिनको लागि हतार भयो भन्दैमा यस्तो हुँदैन । हामीले के बुझ्नुपर्यो भन्दाखेरी नेपाली काँगेस पार्टीले एतिहासिक आवश्यकता अनुसार जनतालाई अधिकार दिलाउनको लागि नेपाली काँग्रेस पार्टी सबैभन्दा अग्र भूमिकामा बसेको र पार्टीका नेताहरुले जनताको अधिकार सुरक्षित गर्नको लागि पार्टी र यसका नेताहरुले खेलेको भूमिका महत्वपूर्ण छ । तर अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, नेपाली काँग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने रु अदालतले गर्यो होला, निर्वाचन आयोगले गर्यो होला । तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरुले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन । पार्टी सदस्यहरुको फर्जी हस्ताक्षरबाट पार्टीलाई कब्जा गर्न खोजिन्छ भने यहाँ कुन पार्टी राम्रोसँग सञ्चालन हुनसक्छ ।’

    नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरुलाई एकतावद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १७:१५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij