२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् । स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय सोही वडाको नौ किलोमिटर भन्ने ठाउँमा बुधबार मृत भेटिएकी हुन् । अनिताका पति वीरेन्द्र भने वैदेशिक रोजगारीमा छन् ।
कोशी नदी छेउमा अनिताको शव सडेगलेको अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन् । उनका अनुसार शवको हात र खुट्टा बाँधिएको अवस्थामा देखिएको छ । शवको प्रकृति हेर्दा ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अनिता अघिल्लो बुधबार रातिदेखि घरबाट हराइरहेकी थिइन् । त्यो दिन छिमेकमा विवाह भएकाले गाउँका सबैजसो मानिस जन्तीमा रमाइरहेका थिए । अनिता भने त्यो दिन घरमा एक्लै बसेको परिवारले बताएको छ । सोही दिन रातिदेखि उनी सम्पर्कविहीन भएकी थिइन् । उनको घरको आँगनमा रगत देखिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij