२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४०.५९ प्रतिशतले घटेको छ।
कम्पनीको बीमा कोषमा २ अर्ब ४७ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २६.२६ प्रतिशतले बढेको छ। कम्पनीले १ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०५ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ७६ लाख रुपैयाँ रहेको छ। शेयरपुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५९ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क २९.७७ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ५.५५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ९०.३५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७३.०४ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij