२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न उपसमिति गठन गरेको छ । प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij