Logo

२०८३ बैशाख २९ गते मंगलवार

२०८३ बैशाख २९ गते मंगलवार

अनुभवमा कच्चा छौँ, तर नियतमा शङ्का नगर्नुस् : रास्वपा

अनुभवमा कच्चा छौँ, तर नियतमा शङ्का नगर्नुस् : रास्वपा


  • 316
    Shares

    अनुभवमा कच्चा छौँ, तर नियतमा शङ्का नगर्नुस् : रास्वपा

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले अहिलेका प्रतिपक्ष दलहरूलाई विगतका चुनावमा गरेका वाचाहरू कति पुरा भए ? भन्दै प्रश्न गरेका छन् । 

    मङ्गलवारको प्रतिनिधि सभा बैठकमा सरकारले गरेका कामकारबाहीको बचाउमा धारणा राख्दै उपनेता पराजुलीले प्रतिपक्षी दलहरूलाई आफूले जनतामाझ गरेका बाचाबारे स्मरण गराएका हुन् । 

    पराजुलीले सरकारले गरेका काम र निर्णयको बचाउ गर्दै अहिलेको पुस्ताले व्यवस्था परिवर्तनमा मात्र नअल्झिने दाबी गरेका छन् । 

    परम्परागत डिप्लोमेसीलाई त्यागेर इकोनोमिक डिम्पलोमेसीमा डिपार्चर गर्ने भन्दै पराजुलीले सरकारले सुशासन र सेवा प्रवाहको सुरुवात गरिसकेको दाबी गरेका छन् । उपनेता पराजुलीले अहिलेको सरकारले कसैको पार्टी फुटाउन अध्यादेशहरू नल्याएको भन्दै राष्ट्रपतिलाई अध्यादेश रोक्न प्रतिपक्षले गरेको आग्रहप्रति कटाक्ष गरेका छन् ।

    पराजुलीले भने, ‘राजनीतिमा यहाँहरुजति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस् ।’ 

    पराजुलीले दलको कोटामा नियुक्त भएकी कामु प्रधानन्यायाधीश सपना मल्लको कार्यशैली हेर्दा लाज नै लजाएको भन्दै कस्तो न्यायको अपेक्षा गरेको भन्दै प्रश्न गरेका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २९ २०८३ मंगलवार - १६:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij