२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् ।
अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् । एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन् ।
यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij